रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै केन्द्रीय समिति बैठकमा कड्किए जीतजंग

रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै केन्द्रीय समिति बैठकमा कड्किए जीतजंग

अर्थ चौतारी

रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै केन्द्रीय समिति बैठकमा ...

A A- A+

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सरकार रहेको र गृहमन्त्री पनि कांग्रेसबाट नै रहेको अवस्थामा विभिन्न काण्डमा मुछिएका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकार हाम्रै छ, गृहमन्त्री पनि हाम्रै हुनुहुन्छ । विभिन्न काण्डमा मुछिएका रवि लामिछानेलाई पक्रिएर अनुसन्धान गर्न किन ढिला गरेको ?’ बस्नेतको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

ती केन्द्रीय सदस्यकाअनुसार लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी प्रकरण छानविन हुनुपर्ने बस्नेतले माग राखेका थिए । लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगर्ने हो भने कुनै व्यक्तिले चाहेमा उसले दोहोरो नागरिकता र राहदानी बनाउन पाउनु्पर्ने उनको माग थियो ।

कुनै पनि विषयमा जनतालाई कानुनले छुट दिएको छैन भने नेताहरुले पनि छुट पाउन नहुने बस्नेतको अडान थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?