टी–२० विश्वकपः एक रनको हार बिर्सिएर अर्को टेस्ट टोलीलाई हराउने अवसर

टी–२० विश्वकपः एक रनको हार बिर्सिएर अर्को टेस्ट टोलीलाई हराउने अवसर

अर्थ चौतारी

टी–२० विश्वकपः एक रनको हार बिर्सिएर अर्को टेस्ट टोलीलाई ...

A A- A+

टी–२० विश्वकप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार बिहान ५ः१५ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहने छ। यद्यपि, बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लो चरण पुग्ने अवसरका रुपमा रहनेछ।एक रनको हारपछि निराश बनेको नेपाली टोलीले आइतबार कुनै अभ्यास गरेन। किनकि खेलाडी मानसिक रुपमा कमजोर भएसँगै उनीहरुलाई आराम दिइएको थियो। आइतबार आईसीसीको तालिकाअनुसार नेपालको अभ्यास आर्नोस भाले रङ्गशालामा स्थानीय समयअनुसार दिउँसो १ देखि ४ बजेसम्मका थियो। तर नेपाली टोली अभ्यासमा गएन।खासमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएसँगै यो खेल प्रतिष्ठाका रुपमा मात्र रहेको छ। त्यसैले खेलाडीहरुलाई आराम दिइएको हो। यद्यपि, कप्तान रोहित पौडेल इतिहास बनाउनका लागि यो खेल निकै महत्वपूर्ण हुने मान्छन्। रोहित भन्छन्, ‘यो खेल प्रतिष्ठाका रुपमा मात्र रहने छ। तर, हामी घर फर्किनुअघि यो खेललाई स्मरणीय बनाउन चाहन्छौँ।’त्यसो त प्रशिक्षक मोन्टी देशाई पनि एक रनको हार भुल्न नसकिरहेको स्वीकार्छन्। उनी भन्छन्, ‘म अझै पनि हिजोको हारबाट बाहिर निस्किन सकिरहेको छैन, खेलाडीहरुलाई पनि स्वभाविक रुपमा एक रनको हारको पीडा छ।’ यद्यपि, उनी बंगलादेशलाई हराउँदै सुखद नतिजाका साथ स्वदेश फर्किने बताउँछन्।समूह ‘डी’बाट दोस्रो चरणमा पुग्नका लागि बंगलादेश तुलनात्मक रुपमा दबाबमा रहेको छ। यदि बंगलादेशले नेपाललाई पराजित गरेमा सोझै सुपर आठमा प्रवेश गर्नेछ। तर पराजित भएमा भने समूहको अर्को अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा पर्खिनु पर्नेछ।नेदरल्यान्ड्सले श्रीलंकालाई फराकिलो अन्तरले हराएमा डच टोलीको समेत सम्भावना रहेको छ। त्यसैले बंगलादेश नेपाललाई हराउँदै आफ्नै नतिजाका भरमा ‘सुपर आठ’ मा पुग्न चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?