ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

अर्थ चौतारी

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

A A- A+

काठमाडौँ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल मानिएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’माथि बनेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । फिल्म शनिवारदेखि ओटीटी ‘सिनेमाघर एप’मा  रिलिज भएको हो विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको फिल्म दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका छ टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अभिनेता लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । हलमा यो फिल्म गत दसैँमा रिलिज भएको थियो । निर्माण युनिटले अहिले फिल्मको नयाँ सिक्वेल ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?