सहिद महेश कोइरालाका भाइ हुन गट्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला

सहिद महेश कोइरालाका भाइ हुन गट्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला

अर्थ चौतारी

सहिद महेश कोइरालाका भाइ हुन गट्ठाघर दुर्घटनामा मृत्यु भएका ...

A A- A+

काठमाडौं । गठ्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ । ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । नेपाली कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने त्यो घटनालाई नेपालको इतिहासमा भने ओखलढुंगा काण्ड भनेर चिनिन्छ । राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो । त्यसबेला मारिएका सहिद परिवारका सदस्यका भाइ उत्तम कोइरालालाई गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा बिहीबार घटनास्थलमै मृत्यु भएको थियो । उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?