काठमाडौं महानगरमा पढ्दै–कमाउँदै अवधारणामा ‘पार्ट टाइम जब’

काठमाडौं महानगरमा पढ्दै–कमाउँदै अवधारणामा ‘पार्ट टाइम जब’

अर्थ चौतारी

काठमाडौं महानगरमा पढ्दै–कमाउँदै अवधारणामा ‘पार्ट टाइम जब’

A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै–कमाउँदै जाने अवधारणा लागु गरिने भएको छ ।मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना गरिने बताए ।काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पत्ति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने उनले बताए । महानगरभित्रका सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने समेत उनले बताए ।निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने समेत उनले बताए । विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने उनले घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?