काठमाडौँ-संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।माग पुरा हुनुपर्ने दबाबस्वरूप कर्मचारीहरूले शुक्रबार एक घन्टा धर्ना दिएका थिए। त्यसपछि कालोपट्टी बाँधेर नै काम गरिरहेका छन्। समिति र संसद गरी बिहानदेखि राति अवेरसम्म काम गर्नुपरेको तर सुविधा नपाएको कर्मचारीको गुनासो छ।उनीहरूले हिजो पनि कालोपट्टी बाँधेर विरोध गरेका थिए। आफूहरूको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ।संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद वेल्वासेले देश सञ्चारसँग भने, ‘मागबारे व्यवस्थापन पक्षलाई जानकारी गराएका छौं। जेठ ३,२१ र २८ गरी तीनपटक अल्मिेटम दिएका थियौं, त्यति गर्दा पनि माग सम्बोधन हुन सकेन र जेठ २८ गतेदेखि दोस्रो चरणको आन्दोलनमा छौं।’मागबारे व्यवस्थापन पक्षले सम्बाेधन नगरे अर्काे आन्दाेलन थाल्ने अध्यक्ष वेल्वासेकाे भनाइ छ।कर्मचारीहरुले बिहान सिंहदरबारस्थित संसद सचिवालय परिषरमा धर्ना दिएका हुन् भने कालोपट्टी नै बाँधेर अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका छन्।‘मागबारे व्यवस्थापन पक्षले सम्बोधन नगरे असार ३ गते अर्को आन्दोलन थाल्छौं। त्यसको जानकारी असार २ गते पत्रकार सम्मेलनमार्फत गराउनेछौं, ’ उनले भने।कर्मचारीले संसदीय दलका प्रमुख सचेतक र सचेतकलाई जानकारी समस्याबारे जानकारी गराइसेका छन्। यस्तै, संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा,राष्ट्रियसभा) अन्तर्गतका समितिका सभापतिलाई पनि कर्मचारीले मागबारे जानकारी गराउँदैछन्।अतिरिक्त समय काम गरेको सुविधा कोरोना कालदेखि नपाएको र त्यतातिर व्यवस्थापन पक्षको ध्यानसमेत जान नसकेको अध्यक्ष बेल्वासेको भनाइ छ। हिजो २ सय ३१ कर्मचारी आन्दोलनमा उत्रिएका थिए भने आज पनि सोहि हाराहारीमा छन्। संसद सचिवालयमा २८० स्थायी र ११० करारका कर्मचार कार्यरत छन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच