सडकमा शव, राजमार्ग बन्द

सडकमा शव, राजमार्ग बन्द

अर्थ चौतारी

सडकमा शव, राजमार्ग बन्द

A A- A+

नेपालगञ्ज- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेकाे ढकेरीमा गएराति टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका छन्।काेहलपुरबाट पूर्व जाँदै गरेकाे भे १ ख ३०९९ नम्बरकाे टिप्परले भे १० प १४१३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक लाेकेन्द्र विष्टकाे घटनास्थलमै मृत्यु भएकाे थियाे।घटनालगत्तै स्थानीयले राजमार्ग बन्द गरेकाे थिए। आक्राेशित भिडले टिप्पर जलाइदिएका छन्।बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, काेहलपुरमा ल्याइएकाे र पीडित पक्षसँग वार्ताकाे प्रयास भइरहेकाे जानकारी दिए।चालक भने फरार रहेका छ्न्। प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ।घटना गएराति साढे ९ बजे राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीमा भएकाे थियाे। मृतक विष्ट राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ८ निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?