घुस बापत जग्गा लिने इञ्जिनियरलाई दुई महिनामै ६ वर्ष कैद, ८० लाख जरिवाना

घुस बापत जग्गा लिने इञ्जिनियरलाई दुई महिनामै ६ वर्ष कैद, ८० लाख जरिवाना

अर्थ चौतारी

घुस बापत जग्गा लिने इञ्जिनियरलाई दुई महिनामै ६ वर्ष ...

A A- A+

काठमाडौँ – विशेष अदालत काठमाडौँले घुस बापत झण्डै तीन रोपनी जग्गा र ८० लाख नगद लिने इञ्जिनियरलाई ६ वर्ष कैद र ८० लाख जरिवाना गरेको छ।बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले लुम्बिनी विकास कोषका योजना प्रमुखसमेत रहेका इञ्जिनियर सरोज भट्टराईलाई सजाय तोकेको हो। गत चैत २५ गते अख्तियारले दायर गरेको मुद्दामा विशेषले जेठ २४ गते दोषी ठहर गरेको थियो।भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस बापत माग गरेको ८० लाख रुपैयाँ तेस्रो व्यक्तिको खातामा पठाएर भक्तपुरको साविक गुण्डु गबिस –३ को कित्ता नम्बर १३७४ को दुई रोपनी ९ आना र १३७५ को दुई आना जग्गा खरिद गरेको पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?