जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा

जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा

अर्थ चौतारी

जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य ...

A A- A+

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद थापाले प्रत्यक्ष निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता दलहरूको घोषणापत्रमा नै उल्लेख भएकाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्  ।

तर समाजमा एकथरी मानिसहरूले यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने भनेर पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उनले गुनासो गरे ।

उनले दलको घोषणापत्रमा गरिएका प्रतिविद्धताका आधारमा नै जनताको विश्वास जितेर निर्वाचित भएको बस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्ने धारणा राखे ।

सांसद थापाले सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध बकवास हुने गरेको उल्लेख गरे । बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने सांसदहरूको संवैधानिक र कानूनी अधिकार भएको उनको भनाइ छ ।

उनले निर्वाचन सांसदहरूको भूमिकालाई कमजोर बनाउने कार्य उचित र सही हुन नसक्ने जिकिर गरे । यसबाट व्यवस्था विरोध र अस्थीरतावादीहरु हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाता थप असन्तुष्ट र निराश हुने अवस्था आउन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?