गायीका मधु क्षेत्रीले लेखिन् यस्तो हृदय बिदार स्टार्टस!!!

गायीका मधु क्षेत्रीले लेखिन् यस्तो हृदय बिदार स्टार्टस!!!

अर्थ चौतारी

गायीका मधु क्षेत्रीले लेखिन् यस्तो हृदय बिदार स्टार्टस!!!

A A- A+

 काठमाडौं : गायीका मधु क्षेत्रीले हृदय बिदार स्टार्टस लेखेकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टार्टस लेख्दै आफुलाई जतिबेला जे पनि हुन सक्ने बताएकी छन् । उनले लेखेकी छन् " कृपया यो बेला म गलेको छु मेरो शरिर र मानसिक गलाई लाई लिएर पेटमा भएको बच्चालाई सास दिएर कसरि बाचेकि छु यो मलाई मात्र थाहा छ !! थाहा छैन कत्ति बेला के हुने हो मेरो जीबनमा र काहा सम्म सास लिन सक्छु म कसैसंग बोल्न सक्ने अवस्थामा छैन" अहिले उनले यस्तो हृदयबिदारक स्टार्टस लेखेपछि उनलाई कलाकारहरुको टोली घरमै पुगेर भेटेर सान्त्वना दिरहेका छन् । श्रीमानले आफु माथि घरेलु हिंसा गरेको भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गरेपछि उनी चर्चामा छिन्। ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको निजी जीवनमा पनि सोचे झैं केही भइरहेको छैन । पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् ।मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् ।यद्यपि, मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन्। उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घाेषणा गरिसकेकी थिइन्।अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।अष्ट्रेलिया पुगेपछि मधु र छोरी दुवैले जागीर गरिरहेका थिए । तर, केही समयपछि श्रीमान-श्रीमतीको सम्बन्धमा तनाव सुरु भयो । दुवैले एक-अर्काप्रति शंका गर्न थालेका थिए । आफूसँग बिहेपछि पनि श्रीमान अरुसँग सम्बन्धमा रहेको मधुको शंका थियो भने सुरेशले पनि पत्नीप्रति यस्तै शंका गर्थे । यही कारणले उनीहरूबीच तिक्तता बढेको निकट स्रोत बताउँछ ।मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटक-पटक दुर्व्यवहार गरेका थिए । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेको उनको गुनासो छ । अन्ततः मधु श्रीमानसँग बस्नै नसक्ने अवस्थामा पुगिन् । करिब तीन महिनाअगाडि उनी छोरीलाई लिएर सुटुक्क घरबाट निस्किइन् । त्यसपछि एउटा रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्न थाले ।श्रीमती घरबाट निस्किएपछि सुरेशले खोजीनीति गरे र फेला पार्न पनि सफल भए । मधुलाई रेस्क्यू सेन्टरमा भेटेर उनले माफी मागेका थिए । त्यसपछि बुवाआमालाई सँगै नराख्ने शर्तमा मधु घर फर्किन तयार भइन् । त्यसपछि सुरेशका आमाबुवा अष्ट्रेलियामा नै बस्ने अर्को छोरासँग बस्न थाले ।केही दिनसम्म राम्रै चल्यो । मधु गर्भवती भइन् । मधुका अनुसार उनले बच्चा जन्माउन नचाहेको भए पनि श्रीमानको चाहनाका कारण एबोर्सन नगराएकी हुन् । तर, फेरि उनीहरूबीच खटपट सुरु भयो । यसबीचमा श्रीमानले कुटपिटसमेत गरेको आरोप मधुले लगाएकी छन् ।उनी भन्छिन्, ‘हुनुपर्ने छ भने केही गरे पनि जाँदो रहेनछ । श्रीमानसँग सम्बन्ध राम्रो छैन, पैसा छैन, के बच्चा पाउनु भन्ने लागेको थियो । तर, कुटपिट भएपछि बच्चा गएनछ । पिरियड रोकिएपछि किट ल्याएर चेक गर्दा पोजिटिभ देखायो । फेरि अर्को मनमा श्रीमानसँग जेसुकै भए पनि यो उमेरमा आमा हुन पाएको छु भनेर चित्त बुझाएँ ।’अन्ततः उनले टिकटक र फेसबुकबाटै आफ्नो धरापमा परेको वैवाहिक सम्वन्धबारे खुलासा गरिन् । उनले फेसबुकमा स्टाटस लेखेर श्रीमानमाथि तथानाम गाली गरेकी छन् । यो प्रकरणमा मधुका श्रीमान सुरेशको साइडबाट कुनै पनि भनाइ आएको छैन । यद्यपि, उनले फेसबुकमा प्रतिक्रिया लेख्दै एकजनाको कुरा मात्र सुनेर आफूलाई गाली नगर्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?