जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

अर्थ चौतारी

जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

A A- A+

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ। अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?