मकवानपुर। बागमती प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११ः०० बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार सार्वजनिक गरेका थिए ।
प्रदेशसभाको यही जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ । सो नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ १९, २० र २१ गतेको समय तोकिएको र सोही बैठकमा क्रमशः विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेशसभाको सचिव रामकुमार पौडेलले जानकारी दिए । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच