काठमाडौं । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् ।आर्थिक अवस्था कमजोर भएको परिवारकी १४ वर्षीय किशोरीलाई बेच्न लैजान लागेको अवस्थामा नुवाकोटका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ पक्राउ परेका हुन् ।नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा मात्रै छुटेका थिए । पीडितलाई नेपालको सीमा कटाउन गाह्रो हुने भएकाले अरुकै नागरिकता प्रयोग गराएका थिए ।सम्बरबहादुर र इन्दिराले पीडित बालिकालाई अरुकै सक्कल नागरिकता दिएर नाम र उमेर ढाँट्न लगाएका थिए । उनीहरूबाट केही भारतीय रकम समेत बरामद भएको छ ।ललितपुरको सुनाकोठीबाट पीडित बालिकाको उद्धार भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच