आईसीसी विश्वकप लिग-२: जित्नै पर्ने दबाबबीच नेपालले आज क्यानडासँग भिड्दै

आईसीसी विश्वकप लिग-२: जित्नै पर्ने दबाबबीच नेपालले आज क्यानडासँग भिड्दै

अर्थ चौतारी

आईसीसी विश्वकप लिग-२: जित्नै पर्ने दबाबबीच नेपालले आज क्यानडासँग ...

A A- A+

काठमाडौं । आईसीसी विश्वकप लिग-२अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई यी खेलहरू जित्नै पर्ने दबाब छ ।

तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ । यो श्रृङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ ।

विश्वकप लिग २ मा ८ खेल खेलेको नेदरल्याण्डस् १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेल खेलेको स्कटल्याण्ड ४ मा जीत र २ मा हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ । ८ अंक भएको क्यानडा तेस्रो स्थानमा छ । समान खेल र समान नतिजासहित नामिबिया चौथो स्थानमा छ ।

४ अंकको अमेरिका पाँचौ स्थानमा छ । ३ अंकको ओमान छैटौ तथा २ अंकको नेपाल साँतौ स्थानमा छ । यी दुवै टोलीले समान चार खेलेका छन् । ३ खेलमा ३ वटै खेलमा हार भोगेको युएई अंक तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?