गगन थापा भन्छन् :नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो

गगन थापा भन्छन् :नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो

अर्थ चौतारी

गगन थापा भन्छन् :नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पुनः राजतन्त्रको चर्चा गर्नु अनावश्यक भएको बताएका छन्। काठमाडौंमा आयोजित ‘सेन्टर फर डेमोक्रेसी डाइलग’ कार्यक्रममा बोल्दै उनले नेपालको राजतन्त्र संवैधानिक हुन नसक्ने स्पष्ट पारे।

“इतिहासमा मिल्काइसकेको विषयमा चर्चा गर्नु जरुरी छैन,” थापाले भने, “हामी यो विषयमा उत्तेजनामा आउनु हुँदैन, सिकेर अगाडि बढ्नु पर्छ।

यसलाई चर्चा गर्न आवश्यक छैनभन्दा झन् चर्चा गरेजस्तो भएको उनको भनाइ थियो । थापाले भने, ‘यो विषयमा हामी उत्तेजनामा आउने पनि होइन, भाग्ने पनि होइन ।’

त्यस्तै उनले अहिलेको नेतृत्व वैधानिक भएको तर अवैध भएको भएको तर्क गरेर साथै यो नै अहिलेको सबैभन्दा ठुलो समस्या भएको पनि बताए । पार्टीभित्रबाट शक्ति प्राप्त गरेकाले वैधानिक भएपनि आम मानिसबाट विश्वास र भरोस टुटिसकेकाले अवैध भएकाे समेत थापाले बताए ।

‘वैधानिक तर अवैध नेतृत्व आजको डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या हो’, थापाले भने । तर, नेतृत्वले अवैध छ भन्ने कुरा मान्दै नमान्ने गरेको थापाले बताए । त्यसैले वैधानिक बाटोबाटै नेतृत्व बदल्ने कुरा मुख्य विषय भएकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?