मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व

मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व

अर्थ चौतारी

मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व

A A- A+

काठमाडौं- मिथिलाञ्चलमा शुक्रवार वटसावित्री अर्थात वरसाइत पर्व मनाइएको छ।विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भीड लागेको छ। पर्वमा महिलाहरू नयाँ सारी साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन्।नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ। वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा लिइने गरिन्छ।मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ। यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेष्ठ महिनाको औंसी तिथिमा मनाइने गरिन्छ। हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ।वरको बोटमा भगवान व्रह्मा, विष्णु र महेशको वास हुने पुराणहरुमा स्पष्ट भनिएको छ। यस वृक्षमुनि बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ।दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रूपमा स्वीकार गरिएको छ। वरको बोट ज्ञान र निर्वाणको पनि प्रतिक मानिएको छ। भगवान बुद्ध यही वृक्षमुनि ज्ञान प्राप्त गरेका थिए। वरको वृक्ष मुनी श्रीमानको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अंग बनेको छ।महिलाहरुले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सुतीको धागो बाँध्ने गर्दछन्। जनकपुर ४ की मिक्की झाले यो पर्वको तयारी केही दिन अगावैदेखि सुरु गरेको बताइन्।उनले वरको बोटमा सूतीको धागो बाँध्नाले पतीको आयु बढ्ने जनविश्वास अनुरुप धागो बाँध्ने गरिएको बताइन्। अन्य पर्व झैँ यस पर्वलाई लिएर आफू पनि उत्साहित रहेको उनले बताइन्।वरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ। सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ। सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो। सावित्रीको जन्म समेत विशिष्ट परिस्थितिमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?