सूर्य थापा भन्छन् : पिताजीको नाममा योजना राखेर देश अघि बढ्न सक्दैन

सूर्य थापा भन्छन् : पिताजीको नाममा योजना राखेर देश अघि बढ्न सक्दैन

अर्थ चौतारी

सूर्य थापा भन्छन् : पिताजीको नाममा योजना राखेर देश ...

A A- A+

काठमाडौँ। ससाना टुक्रे योजना र पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बताएका छन्। यो क्रममा उनले शहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन्।​

आइतवारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए। ससाना टुक्रे योजना राख्ने काम भएको र आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने बताए।

टुक्रे योजनाहरू फालिनुपर्ने भन्दै तीन करोडका योजना सांसदहरूको सिफारिसका लागि मात्र नभई संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने बताए।

सांसद थापाले भने, ‘शहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको छ। जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन। ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्छ।’ सांसद थापाले सांसदहरूलाई देखाउन तीन करोडको सीमा तोक्ने र आफूले मन परी गर्ने काम गर्न नहुने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?