बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

अर्थ चौतारी

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना ...

A A- A+

काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो ।अरनिको यातायातका कर्मचारीले मुल सडकमा बस तेर्स्याएर चक्काजाम गरेसँगै डीएसपी लालध्वज सुवेदी नेतृत्वको टिम पुगेर सडक खुलाएका छन् ।  विवाद सुरु भएपछि हिमाल तराईका अध्यक्ष एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् ।झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवार छन् । सडक जाम खुलेपछि अरनिको यातायातका चालकलाई कुटेको आरोपमाा सुनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए । उनी हिमाल तराईका कर्मचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?