गुल्मी- गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।सोमबार बिहान कालिगण्डकी गाउँपालिका- ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तीघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जीप दुर्घटना भएकाे हाे।दुर्घटनामा परेर जिल्लाको सत्यवती गाउँपालिका- ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएकाे छ।प्रहरीका अनुसार जीपमा ८ जना सवार थिए। घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच