मकवानपुर– बिहीबारे हेटौँडा नारायणगढ सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गएराति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नंको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच