दार्चुलामा यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

दार्चुलामा यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

अर्थ चौतारी

दार्चुलामा यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

A A- A+

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर मृत्यु भएको अपिहिमाल गाउँपालिका–३ का वडाअध्यक्ष गगनसिंह कार्कीले बताए। अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको उनले बताए।काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको वडाअध्यक्ष कार्कीले बताए। मृत्तकको शव आफन्तले लेकबाट गाउँतिर ल्याएर दाहसंस्कार भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?