तडी। बैतडीको पाँच वटा सिँचाइ योजनामा करोडौँ रुपियाँ खर्च भए पनि नहर तथा कुलोमा भने पानी बग्न सकेको छैन । सिँचाइ डिभिजन कार्यालयले योजना निर्माण कार्य पूरा नगर्दा मुख्यमन्त्री नमुना कृषि गाउँको जमिन बाँझो रहेको छ ।मेलौली नगरपालिका–८, भम्त खोरडामा मुख्यमन्त्री नमुना कृषि गाउँमा लिफ्ट गरी सिँचाइका लागि २०७७ देखि २०८० सालसम्म एक करोड २० लाख रुपियाँ बजेट आए पनि योजना पूरा नहुँदा खेत बाँझो रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ७२ लाख, आव २०७७/७८ मा ३६ लाख, आव २०७८/७९ मा ३० लाख र आव २०७९/८० मा २० लाख रुपियाँ बजेट उक्त योजनामा खर्च भइसकेको छ । डिभिजन कार्यालयबाट सञ्चालित मेलौली नगरपालिका–१ मा रहेको अर्को मुन्द्रे–स्यालतडी सिँचाइ योजना पनि अलपत्र परेको छ । सो योजनामा चालु आवमा ३० लाख रुपियाँ बजेट आए पनि निर्माण सुरु गरिएको छैन । त्यस्तै पाटन नगरपालिका–१०, मटेगाउँको जाइकटरी नमुना सिँचाइ योजनामा ५० लाख रुपियाँ खर्च हुँदा पनि खेतमा सिँचाइ पुग्न सकेको छैन । लिफ्ट सिँचाइका लागि खरिद गरिएका ४० लाख मूल्य बराबरका सोलारपाता अलपत्र पारिएको छ ।यो गाउँमा विद्युत् प्राधिकरणको थ्री फेज लाइन पुगेको भए पनि सोलारपाता खरिद गरी रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । मटेगाउँ सिँचाइ योजना पूरा गर्न पाइप आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नवीन भट्टले बताए । सिँचाइ कार्यालयले टेन्डरमार्फत सोलारपाता किनेको तर पाइप उपलब्ध नगराएको उहाँले गुनासो गरे।सिँचाइ कार्यालयको चरम लापर्बाही यतिमा मात्र सीमित छैन, सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजनामा आव २०७६/७७ मा १५ लाख रुपियाँमा खरिद गरेका ९० एमएमका पोलिथिन पाइप आगोले पोलिएका छन् भने केही खोलाले बगाएको छ । सिँचाइ सुविधा नहुँदा तीन वटा गाउँ (अङ्डेगाडा, भौनी र बेसारा) मा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कार्यालयले सिगास गाउँपालिका–१, खन्तडमा सिँचाइ योजना पनि बिचमै अलपत्र पारेर छाडेको गुनासो उपभोक्ताले गरेका छन् । सुर्नया नदी किनारमा रहेको मेलौली नगरपालिका–१, मुन्द्रे–स्यालतडी खेतमा लाग्ने कुलो २०६२ सालमा आएको बाढीले बगाएपछि पुनर्निर्माण हुन सकेको छैन । सिँचाइ कुलो निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा पुनर्निर्माण अगाडि बढाए पनि सो योजना पूरा हुन सकेको छैन ।
सो कुलो निर्माणका लागि आएको एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयका कर्मचारीले फिर्ता पठाइदिएको आरोप मुन्द्रे–स्यालतडीका किसानको छ । सो कार्यालयका कर्मचारीले बहुवर्षीय ठेक्का हो भन्दै २०८० सालको बजेट अलमल पारी फिर्ता गरेको गुनासो किसानको छ । चालु आव २०८०/८१ मा पुनः ३० लाख रुपियाँ बजेट आएको छ ।सो बजेट खर्च गर्न कार्यालयका प्राविधिकले आलटाल गरेको उपभोक्ताले बताएका छन् । प्राविधिक राजेन्द्र नाथ मुख्यमन्त्री नमुना गाउँको सिँचाइ योजना यो वर्ष नै पूरा हुने दाबी गरे। गोरखापत्रबाट
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच