उदयपुरको त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय भन्दाबढीको उपचार

उदयपुरको त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय भन्दाबढीको उपचार

अर्थ चौतारी

उदयपुरको त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय भन्दाबढीको ...

A A- A+

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट त्रियुगा नगरपालिका वडा नं. १० मा दुई दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जेठ १४ र १५ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बाइस सय
भन्दा बढीको स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग, रेडियोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा २८७ जनाको निःशुल्क अल्ट्रासाउण्ड, ३५५ जनाको प्रयोगशाला परीक्षण, ११२ जनाको ई सि जि गरिएको र २५ जनाको दाँत खोलिएको थियो । शिविरबाट शल्यक्रिया लगायत थप उपचार आवश्यक भई रिफर भएका विरामीहरुलाई नोवेलमा आई उपचार गराउँदा अस्पताल सेवामा ५०% छुट दिइने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले जानकारी दिए ।
संघिय सांसद डा. सुनिल कुमार शर्माले विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं स्थीत काठमाडौं मेडिकल कलेजको विशेषज्ञ चिकित्सक टोली सहित पूर्वी नेपाल देखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।
शिविरबाट लाखौं विरामीहरुले घरदैलोमा नै निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकेका छन् भने थप उपचारका लागि नोवेल र के एम सि आँउदा विशेष सहुलियतमा उपचार सेवा प्राप्त गर्ने व्यवस्था समेत डा. शर्माले गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?