काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु ९सुन०को मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।बुधबार प्रतितोला एक लाख ३८ हजार २०० मा कारोबार भएको छापावाल सुन आज एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । आज यो सुन प्रतितोला एक लाख ३९ हजार ८०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार २५० ले वृद्धि भएको छ ।चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९३० मा कारोबार भएको चाँदी आज एक हजार ९०० मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच