पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए

पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए

अर्थ चौतारी

पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए

A A- A+

रौतहट- प्रहरीले एक हजार थानका १३ वटा नेपाली रुपैयाँका नोटसहित २ जनालाई चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट पक्राउ गरेको छ ।बिहीबार बेलुका पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी छन् । बाग्मती प्रदेश  ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको टोलीले स्थानीय पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूलाई चेकजाँच गर्ने क्रममा सिट कभरभित्र लुकाएको नक्कली नोट बरामद भएपछि दुवैलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?