जीवनभर संस्कृति र पर्यटनको सेवा गरेका बुद्धिराज बज्राचार्य आज आफैं श्रद्धाञ्जलीका प्रतीक बने

जीवनभर संस्कृति र पर्यटनको सेवा गरेका बुद्धिराज बज्राचार्य आज आफैं श्रद्धाञ्जलीका प्रतीक बने

अर्थ चौतारी

जीवनभर संस्कृति र पर्यटनको सेवा गरेका बुद्धिराज बज्राचार्य आज ...

A A- A+

काठमाडौँ। उपचारका क्रममा निधन भएका तत्कालिन ललितपुर नगरपालिकाका पूर्वप्रमुख तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरका प्रमुख उपप्रमुख, स्थानीय जनप्रतिनिधि, शुभेच्छुक लगाएतले स्वर्गीय बज्राचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीका लागि बज्राचार्यको पार्थिव शरिरलाई आइतबार ललितपुरको पुल्चोकस्थीत अक्षयश्वर महाविहारमा राखिएको थियो । बज्राचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले स्वर्गीय बज्राचार्यले पर्यटन क्षेत्रको बिकासका लागि गरेको योगदानको स्मरण गरे । स्वर्गीय बज्राचार्यले गरेको योगदानलाई टेकेर पर्यटन क्षेत्रको बिकासका लागि तत्पर हुनुपर्ने उनले बताए। बज्रचार्य २०२७ सालमा तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष भएका थिए ।

२०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च निर्वाचित भएर उनले लगातार ११ वर्ष काम गरेका थिए। त्यसपछि पनि पटक पटक ललितपुरको प्रमुख भएका वज्राचार्य २०६१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?