काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको बताएको छ।
क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ,’ खड्काले भनेका छन् ।
उनलाई अमेरिका पठाउने प्रक्रिया अगाडि बढाइएको पनि खड्काले बताएका छन्। अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुने प्रतियोगिताका लागि नेपाली टोली हाल अमेरिकामा छ।
‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडी बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु,’ खड्काले भनेका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच