काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यमका नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिएका छन्।
सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरुङले सञ्चारमाध्यमलाई थप व्यवस्थीत गर्न सरकार सञ्चारमाध्यममा नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिए।
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मर्यादीत बनाउन पत्रकार महासंघले समेत आचारसंहीता बनाइसकेको अवस्थामा स्वनियमनको व्यवस्थाको समेत विधेयकमा उल्लेख गरिएको मन्त्री गुरुङको भनाइ छ । मिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र रहेपनि सरकारबाट भने अलग हुन नसक्ने उनले बताए । उनले सञ्चारमाध्यमलाई समेत नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई रहेकाले सरकारबाट अनावश्यक हस्तक्षेप नहुने जिकिर गरे । त्यस्तै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई मर्यादित ढंगले सञ्चालन गर्नका लागि छुट्टै ऐन समेत ल्याइएको बताए ।
त्यस्तै समिति सदस्य विद्या भट्टराईले मिडिया काउन्सिल स्वतन्त्रता र स्वायतत्ता कायम राख्दै अनावश्यक हस्तक्षेप वा प्रहार हुन नसक्ने गरि विधेयक बनाउन ध्यान दिनुपर्ने धारणा राखे ।
समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । अर्को बैठकमा विधेयकमाथि संशोधनकर्तासंग छलफल हुने सभापति अम्वरबहादुर थापाले जानकारी दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच