काभ्रेपलाञ्चोक । अविरल वर्षासँग आएको बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गका ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।
सोमबार राति आएको वर्षाका कारण रोशी-९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी-११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको लेदो हटाएर सडक सञ्चालन गरिएको हो ।सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाइएको कार्कीले जानकारी दिए । त्यस्तै रोशीकै पिप्लेमा आएको पहिरो, पानीतारे नजिक झरेको पहिरो पनि हटाइएको छ । काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीले बिगारेको सडक पनि मर्मत गरिएको छ ।
राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध भएको थियो । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रुले सास्ती भोगेका छन् । यसअघि पनि बीपी राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा सडक अवरुद्ध भइरहेको छ । सडक अवरुद्ध भएपछि सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच