करोडौं अपचलन आरोपमा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश, सरकारी वकिलले ३७ लाख बिगो माग गरे

करोडौं अपचलन आरोपमा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश, सरकारी वकिलले ३७ लाख बिगो माग गरे

अर्थ चौतारी

करोडौं अपचलन आरोपमा पक्राउ परेकी सांसद माया राईलाई १० ...

A A- A+

काठमाडौं। काठमाडौं जिल्ला अदालतले सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले मंगलबार उक्त आदेश दिएका हुन्।

राईमाथि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको करोडौं रकम अपचलन गरेको आरोप छ। नेपाली कांग्रेसकी सांसद राईलाई प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो।

कालिमाटीस्थित उक्त सहकारीमा उनले २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म सदस्य र त्यसपछि २०७६ भदौ २१ सम्म सहसचिवको जिम्मेवारी सम्हालेकी थिइन्। प्रहरीले उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको जनाएको छ।

सरकारी वकिलको कार्यालयले मंगलबार उनीविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो माग गर्दै अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।करोडौं अपचलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?