एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

अर्थ चौतारी

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए ...

A A- A+

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनरद्वय परिमार्जन यादव प्रसिद्ध जैसी इन्डोनेसियाविरुद्ध अर्धशतक बनाएका छन्।

यादवले २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने जैसीले आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। नेपालले विना क्षति १० ओभरको समाप्तिमा १३० रन बनाएको छ ।\

नेपालका ओपनर यादव २८ बलमा ७१ रन बनाएर आउट भएका छन् । १० औं ओभरको पहिलो बलमा नेपालले पहिलो विकेट गुमाएको हो । यादवले २८ बलको सामना गर्दा ८ छक्का र चार चौका हिर्काए ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?