काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सोडारीले जम्मा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेका मध्ये ८५ लाख ५१ हजार ३३४ रुपैयाँको मात्र वैधानिक स्रोत पुष्टि भएको छ। बाँकी १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको सम्पत्तिको स्रोत अस्पष्ट रहेको र त्यसको पुष्टि हुन नसकेको उल्लेख छ।
अख्तियारले २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्मको कार्यकालमा उनले आर्जन गरेको सम्पत्तिको छानबिन गरेको हो। सो अवधिमा उनले ‘गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको’ ठहर गर्दै उक्त रकम बराबर बिगो कायम गरी कैद सजाय र जरिवाना मागदाबी गरिएको हो।
सोडारीमाथि झुटा विवरण पेश गर्दै सम्पत्ति लुकाएको आरोप समेत लागेको छ। आयोगले उनका नाममा मात्र नभई श्रीमती गीता सोडारी र छोरा बबी सोडारीको नाममा खरिद गरिएको जग्गा, घर तथा बैंक मौज्दातसमेत जफत गर्न विशेष अदालतसँग माग गरेको छ।
दीर्घबहादुर सोडारी २०८१ वैशाख ६ गतेदेखि २०८१ साउन २० गतेसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री थिए। यसअघि उनी सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सभा सदस्य समेत रहिसकेका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच