खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका प्रशंसक मैदानभित्र छिरे

खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका प्रशंसक मैदानभित्र छिरे

अर्थ चौतारी

खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका ...

A A- A+

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबारदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको छ । उद्घाटन खेल पनि खेलिसकिएको छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेट विकेटले हरायो ।आइतबार नै टी–२० विश्वकपको अन्तिम अभ्यास खेल पनि खेलिएको थियो । न्यु योर्कमा खेलिएको अन्तिम अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनको फराकिलो अन्तरले हराएको थियो ।त्यो अभ्यास खेलका क्रममा स्थानीय सुरक्षाकर्मीबाट गम्भीर चुक भएको भन्दै अहिले त्यसको आलोचना भइरहेको छ । बंगलादेशविरुद्धको अभ्यास खेलका क्रममा एक समर्थक अमेरिकी सुरक्षाकर्मीलाई छक्क्याउँदै मैदानभित्र प्रवेश गरेका थिए ।खासमा ती व्यक्ति भारतीय टोलीका कप्तान रोहित शर्माका प्रशंसक थिए । न्यु योर्कस्थित नासाउ काउन्टी स्टेडियममा खेल भइरहँदा ती समर्थक सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्मालाई भेट्न मैदानभित्र छिरेका थिए । खेल चलिरहँदा मैदानभित्र छिरेका ती समर्थकले रोहित शर्मालाई अँगालो हालेका थिए । त्यसलगत्तै सुरक्षाकर्मीले ती समर्थकलाई नियन्त्रणमा लिएर मैदानबाट बाहिरी निकालेका थिए । टी–२० विश्वकपका क्रममा आतङ्ककारी हमलाको चेतावनी प्राप्त भइरहँदा यस्तो सुरक्षा कमजोरी देखिएको भन्दै त्यसको आलोचना भएको हो । विश्वकप सुरु हुनुभन्दा निकैअघि भारत र पाकिस्तानबिचको खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममै खेलिँदैछ । आतङ्ककारी आक्रमणको धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको थियो । आतंकबादी संगठन आईएसआईएस खोरासनले एक डिभियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ । ‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?