काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको छ । भारती मिडियाहरुका अनुसार उनी नयाँ फिल्म ‘गलवान’को तयारीमा जुटेका हुन् ।
यो फिल्ममा पातलो देखिनुपर्ने भएकाले सलमान तौल घटाइरहेका छन् । अर्कोतर्फ फिल्मको प्री–पोडक्सनको कामहरु भइरहेको बुझिएको छ ।
निर्देशक अपूर्व लखिया जुलाईमै छायाङ्कनमा निस्कने योजनाका साथ काम गरिरहेका छन् । पहिलो चरणको छायाङ्कन लदाखमा २५ दिन चल्ने बताइएको छ । यो फिल्ममा सलमानको अपोजिटमा नायिका चित्रांगदा सिंह रहने छिन् ।
भारतीय मिडिया पिंकभिल्लाका अनुसार यो फिल्मको कथा गलवान भ्यालीमा सन् २०२० मा भएको आक्रमणमा आधारित रहेको छ । यो सत्य घटनामा आधारित रहेर बन्न लागेको फिल्म हो । सलमानले फिल्ममा सेनाको भूमिका निर्वाह गर्न लागेका हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच