केदार घिमिरे बने पहिलो महंगा कलाकार: ‘माग्ने राजा’ बाट लिए ६१ लाख पारिश्रमिक

केदार घिमिरे बने पहिलो महंगा कलाकार: ‘माग्ने राजा’ बाट लिए ६१ लाख पारिश्रमिक

अर्थ चौतारी

केदार घिमिरे बने पहिलो महंगा कलाकार: ‘माग्ने राजा’ बाट ...

A A- A+

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको हिसाबले नयाँ कीर्तिमान कायम हुँदै गइरहेको छ। पछिल्लो समय चर्चित हास्यकलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले फिल्म माग्ने राजा मा अभिनयका लागि लिएको पारिश्रमिकले सबैको ध्यान तानेको छ। निर्माण युनिटका अनुसार केदार घिमिरेले यस फिल्मका लागि ६१ लाख रुपैयाँ पारिश्रमिक लिएका छन्। यो रकमले उनी नेपाली चलचित्रका इतिहासमै एक महंगा कलाकारको सूचीमा पहिलो स्थानमा पुगेका छन् दोस्रो स्थानमा यथावत् छन् अभिनेता अनमोल केसी, जसले हालसम्म सबैभन्दा धेरै ५० लाख रुपैयाँ पारिश्रमिक लिने गरेका थिए।

केदार घिमिरेले टेलिभिजनबाट आफ्नो यात्रा सुरु गरेका थिए। टेलिश्रृंखला मेरी बास्सै मार्फत उनले नेपाली दर्शकको मन जितेका थिए। "ए माग्ने!" भन्ने संवादसँगै नेपाली जनजीवनमा बसिसकेका यी कलाकारले हाँस्यकलाका माध्यमबाट समाजका विकृति र विसंगतिहरूको चिरफार गर्दै दर्शकको मन जिते।

त्यसपछि उनले नेपाली चलचित्रमा पाइला टेके र छक्का पञ्जा, छ माया छपक्कै जस्ता हिट फिल्महरूमा अभिनय गरे। यी सबै चलचित्रमा उनको भूमिकालाई दर्शकले मन पराए, जसले उनको बजार मूल्यमा उल्लेखनीय वृद्धि गर्‍यो।

‘माग्ने राजा’ केदार घिमिरेकै नामसँग जोडिएको फिल्म हो, जसमा उनी मुख्य भूमिकामा छन्। फिल्मको कथावस्तु हास्यप्रधान भए पनि समाजमा भएका गहिरा राजनीतिक र सामाजिक सन्देश बोकेको बताइएको छ।

निर्माण युनिटका अनुसार माग्ने बुढाले फिल्ममा काम गर्नुअघि पारिश्रमिकबारे निकै स्पष्ट धारणा दिएका थिए। उनी कमेडी कलाकारमात्र नभई आजका दिनमा ‘ब्रान्ड’ बनिसकेका छन्। सोही कारण उनको पारिश्रमिक पनि बाक्लो भएको निर्माण युनिटको भनाइ छ।

केही महिना अघि सामाजिक सञ्जाल र मिडियामा माग्ने बुढाले माग्ने राजा का लागि ५० लाख पारिश्रमिक लिएका छन् भन्ने समाचार सार्वजनिक भएको थियो। तर निर्माता मुनाल घिमिरेले खुलासा गरे अनुसार त्यो भन्दा बढी ६१ लाख रुपैयाँ दिइएको पुष्टि गरेका छन्।

"हामीले माग्ने दाइलाई ५० लाखभन्दा बढी ६१ लाख दिएका हौं। उहाँको अनुभव, ब्रान्ड, लोकप्रियता र योगदान अनुसार यो उचित पारिश्रमिक हो," निर्माता मुनाल घिमिरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?