‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको संसद्‍मा विरोध, सरकारसँग जवाफ माग

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको संसद्‍मा विरोध, सरकारसँग जवाफ माग

अर्थ चौतारी

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको संसद्‍मा विरोध, सरकारसँग जवाफ ...

A A- A+

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भनेर सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताए । सञ्चारमन्त्री गुरुङले शनिबार दिएको उक्त विवादित अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन पनि खतिवडाले माग गरे ।

‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई म अनुरोध गर्न चाहन्छु- जिब्रोमा ब्रेक लगाइयोस्’, उनले भने, ‘अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दै गर्ला तर मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस् ।’

गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै आईजीपीबारे कडा टिप्पणी गरेका थिए ।

‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी’, गुरुङले भनेका थिए ।

सञ्चारमन्त्री गुरुङको उक्त अभिव्यक्तिको आलोचना भइरहेको छ । मन्त्री गुरुङले आइतबार राष्ट्रिय समाचार समितिको कार्यक्रममा आफूले गल्ती महसुस गरेको र प्रधानमन्त्रीले पनि सचेत गराएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?