काठमाडौँ। अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने विषय युवापुस्तालाई बुझाउन नसक्दा देशमा अराजकता बढेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले बताएका छन्।
बेलायतको लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रका बारेमा अहिलेका पुस्तालाई बुझाउन आवश्यक रहेकामा जोड दिए। महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता व्यक्त गरिएको बताउँदै लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति अन्त्य गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए। “भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ। यसको अन्त्य गर्न सबैले समन्वय गर्नुपर्ने जरुरी छ”, उनले भने। सामाजिक सञ्जालबाट भ्रम छर्ने गतिविधि बढेकामा उहाँले चिन्ता व्यक्त गरे।
महासचिव पोखरेलले लोकतन्त्र प्राप्ति पछि हरेकको जीवनमा परिर्वतन भएको विश्वास व्यक्त गरे। बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन अनुरोध गर्दै उनले विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न आग्रह गरे।
नेपाली समाजलाई अराजकतावादबाट जोगाउन सबैले साथ सहयोग गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए। “अहिले लोकतन्त्र र गणतन्त्रकाविरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ”, उनले भने।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच