तिम्रा फाइल बन्द गरेर हाम्रो किन खोल्छौ भनेर संसदमा जुहारी चलेको छ : ज्ञानेन्द्र शाही

तिम्रा फाइल बन्द गरेर हाम्रो किन खोल्छौ भनेर संसदमा जुहारी चलेको छ : ज्ञानेन्द्र शाही

अर्थ चौतारी

तिम्रा फाइल बन्द गरेर हाम्रो किन खोल्छौ भनेर संसदमा ...

A A- A+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सत्तारुढ दल कांग्रेस एमालेलाई सार्वजनिक चर्चामा रहेका सबै भ्रष्टाचार तथा अनियमितताको छानबिन अघि बढाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भविष्यमा आफैं प्रतिपक्षमा पुगेका बेला भ्रष्टाचार काण्डको नाम लिएर छानबिनको माग गर्न नपर्ने गरी काम गर्न आग्रह गरेका हुन् । ‘तपाई सरकारमा हुनहुुन्छ, भोलि तपाईंहरुको दिन नआओस् फेरि भुटानी शरणार्थी भनेर कराउने, तपाईहरुको दिन नआओस् फेरि गिरिबन्धु भनेर कराउनुपर्ने, ओम्नी भन्नुपर्ने, एनसेल भन्नुपर्ने, मेलम्ची, वाइड बडी लगायतका भ्रष्टाचारका काण्डबारे हामी सँगसँगै बसेर कराउने दिन नआओस्’, उनले भने, ‘काम गर्नुस्, खोल्नुस्, धमाधम कारबाही गर्नुस् ।’ संसदमा दलहरुको प्रतिपक्ष र सत्तापक्षमा आसन फेरिएपछि बोली पनि फेरिएको भन्दै सांसद शाहीले सत्तापक्ष र प्रतिपक्ष जोसुकै जोडिए पनि भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए । भ्रष्टाचार र अनियमितताका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलिरहेको भन्दै उनले सत्तामा सँगै हुँदा मिल्ने र सत्ता छाडेपछि फेरि आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरे । ‘संसदमा कस्तो जुहारी चलिरहेको छ भने तिम्रा फाइल बन्द गर्छौ अनि हाम्रा किन खोल्छौ पहिला तिम्रा गर त्यसपछि हाम्रा गर…, तपाईंहरु मिल्या होइन हिजो’, उनले राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रतर्फ लक्षित गर्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?