काठमाडौँ। रास्वपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा निलो रिबन लगाएर विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरुले निलो रिबन लगाएर विरोध जनाएका हुन् ।
मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन“ को प्रतीकले जनाउने भएकाले आफुहरुले निलो रिबन लगाएर विरोध गरेको रास्वपा सांसद डा तोसिमा कार्कीले बताइन् ।
उनले भिजिट भिसा प्रकरणमा पीडित भएकाहरुको न्यायका लागि एकवद्धता जनाउनका लागि निलो रिबन लगाएको उल्लेख गरिन् ।
उनले आफुहरुले निलो रिबन लगाएको प्रति कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गरेको टिप्पणीप्रति आपत्ति जनाए । कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारे।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच