कोशीको मुद्दामा बुधबार सुनुवाइ भएन

कोशीको मुद्दामा बुधबार सुनुवाइ भएन

अर्थ चौतारी

कोशीको मुद्दामा बुधबार सुनुवाइ भएन

A A- A+

काठमाडौँ । कोशी प्रदेश सरकार विवादको सुनुवाइ स्थगित भएको छ। न्यायाधीशद्धय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइने भएपछि स्थगित हुँदै अर्को दिनका लागि सारिएको हो ।तत्कालीन मुख्यमन्त्री केदार कार्कीले दायरको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति दिएका थिए । उक्त इजलासमा सर्वोच्च अदालत आफैँले दर्ता गरेको अदालतको अवहेलनामा बहस सक्न समय लाग्ने भएपछि स्थगित गरिएको हो ।  कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट दोस्रो नम्बरमा पेशी तोकिएको थियो । कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका थिए ।  उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् । अर्को पेशी एक सातापछि राख्ने सर्वोच्चको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?