धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ

धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ

अर्थ चौतारी

धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ

A A- A+

काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्रराज राई छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धार्मिक सहिष्णुता खलल पुर्‍याएको, घृणा वा द्धेष फैलाएको र जातजातीबीचको समधुर सम्बन्ध खलल पुर्‍याएको आरोप छ । पक्राउ परेका राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?