हरिकिसन रानाको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री लेखकलाई बुझाए ज्ञापनपत्र

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

हरिकिसन रानाको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री लेखकलाई बुझाए ज्ञापनपत्र

अर्थ चौतारी

हरिकिसन रानाको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै ...

A A- A+

काठमाडौँ। कञ्चनपुरको बेलडाँडी–३ निवासी ५० वर्षीय हरिकिसन रानाको रहस्यमयी मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेपाल रानाथारू समाज तथा युवा समाजका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्।

मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेपछि अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए। प्रारम्भिक अनुसन्धान अन्तर्गत हालसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ भने हत्या हो कि दुर्घटना भन्नेबारे प्रमाण संकलन जारी रहेको प्रहरीले जनाएको छ।

ज्ञापन पत्रमा भनिएको छ ‘उक्त घटना शङ्कास्पद, रहस्यमयी रहेको तथा विविध सञ्चारमाध्यममा यस घटनासँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेका छन् । आम जनमानसमा व्यापक चासो र आक्रोश देखिएको हुँदा शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष छानबिन गरियोस् ।

’ज्ञापन पत्रमा नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, नेपाल रानाथारू युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, केन्द्रीय सदस्य राम प्रताप राना, उपेन्द्र राना र अरुण सिंह बडायकसहितको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?