प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्

प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्

अर्थ चौतारी

प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी ...

A A- A+

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसईई नतिजामा सुधार आउने बताएका छन् ।

शुक्रबार काभ्रको धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था भएको भन्दै यस बर्ष नतिजामा सुधार आउने बताए । यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले एसइईमा सुधारसँगै सम्रग शिक्षा क्षेत्रको विकासको लागि सरकार सचेत रहेको धारणा राखे । त्यस्तै उनले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट पारे।

दिक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न ६ वटा स्कुलबाट १,१२९ जना विद्यार्थी दीक्षित भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले बताए । उनका अनुसार, दिक्षित हुने विद्यार्थीमध्ये महिला विद्यार्थी ५५४ जना र पुरुष ५७५ जना रहेका छन् । समारोहमा उत्कृष्ट नजिता हासिल गर्ने ७ जना विद्यार्थीहरूलाई ओलीले प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरेका थिए । हालसम्म ४७ हजार ८३१ जना विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?