काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौँ’, थापाले सदनमा बोल्दै भने । उनले संसदको काम कारबाहीप्रति आफूहरूको विश्वास नरहेको पनि बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन अन्तर्गतको पहिलो संसद बैठक नै अवरुद्ध पारेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच