योगेश भट्टराई भन्छन् : भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ

योगेश भट्टराई भन्छन् : भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ

अर्थ चौतारी

योगेश भट्टराई भन्छन् : भिजिट भिसा प्रकरणको छलफलमा एमाले ...

A A- A+

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् । बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा कांग्रेस र एमाले सँगै रहेको बताए ।

‘मिड प्वाइन्ट आइसकेको छ । माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र समाजवादीको बीचमा दुई बुँदे प्रस्ताव जुन माओवादीकै साथिहरूले ड्राफ्ट गरेर पठाउनुभएको थियो,’ भट्टराईले भने, ‘त्यसमा भावनात्मक हिसाबले त्यही ठाउँमा छौं भनेका छौं । त्यो मिड पोइन्ट हो ।’

भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । तर, राजीनामा नदिने गृहमन्त्रीको अडानपछि सत्ता र विपक्षी दलहरू सहमतिको विन्दु खोज्दै निरन्तर वार्ता गरिरहेका छन् । यसैबीच, एमालेले छलफलमा भाग नलिएको र आफूहरूलाई पनि छलफलको निम्तो नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?