नेपाली चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण सम्पन्न, चैतमा प्रदर्शन गर्ने तयारी

नेपाली चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण सम्पन्न, चैतमा प्रदर्शन गर्ने तयारी

अर्थ चौतारी

नेपाली चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण ...

A A- A+

काठमाडौं । नेपाली चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई आगामी चैतमा सार्वजनिक गरिने निर्माण पक्षले घोषणा गरेको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर बुधबार यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्रलाई आगामी ८ चैतमा नेपाल, अष्ट्रेलियालगायत विभिन्न देशमा रिलिज गर्ने यसका निर्माता तथा कलाकार एमएस अग्रजले बताए ।

महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनाल, बुद्धी तामाङ, विशाल पहारीलगायतको शिर्ष भूमिका छ । चलचित्रको बुधबार सार्वजनिक गरिएको फस्ट लुक्समा पनि यिनै कलाकारहरुलाई थ्रिलर भावमा समेटिएको छ ।

यो चलचित्रका लेखन तथा निर्देशन केशव पाण्डे हुन् । अष्ट्रेलियामा बस्दै आएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो । निर्देशक पाण्डेसंगै एमएस अग्रज र शेखर ज्ञवालीले यो चलचित्र लेखेका हुन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्र ११:५५मा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग सँयोजन, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । यो चलचित्रलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले नेपालमा वितरण गर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?