यु–१४ राष्ट्रिय विद्यालय खेलकुद- एथलेटिक्समा लुम्बिनी च्याम्पियन

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद- एथलेटिक्समा लुम्बिनी च्याम्पियन

अर्थ चौतारी

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद- एथलेटिक्समा लुम्बिनी च्याम्पियन

A A- A+

काठमाडौं।  लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो।

कर्णाली प्रदेश २ स्वर्ण र ५ रजत पदक साथ दोश्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित संयुक्त रुपमा तेश्रो भए  १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज कुल ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४‌.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरी दोश्रो तथा कोशीका नितेश भट्टराई तेश्रो भए  सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१‌. ४ सेकेन्डमा दूरी तय गरिन्। कोशीकी अस्मिता लाम्गाडे दोश्रो तथा मधेशकी वर्षा योञ्जन तेश्रो स्थानमा रहे।

छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण पदक जिते । उनले २ मिनेट ०७ . ४ सेकेन्डको समय निकाले  कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य पदक प्राप्त गरे। सो स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७. ३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्  कोशीकी जुही राई दोश्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेश्रो भए । छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोश्रो र गण्डकी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी पहिलो कर्णाली दोस्रो र कोशीले तेस्रो भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?