क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत फेला

क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत फेला

अर्थ चौतारी

क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत फेला

A A- A+

चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् ।

 

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय बियान चाङ्क्सिन आज बिहान मृत फेला परेका हुन् । असार १० गतेदेखि सो होटलमा बसेर उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

 

उनी आज बिहान करीब ९ बजेतिर होटलको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले स्रोतले बतायो । क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?