बासी खानेकुरा बिक्री गरेपछि…

बासी खानेकुरा बिक्री गरेपछि…

अर्थ चौतारी

बासी खानेकुरा बिक्री गरेपछि…

A A- A+

मलेखु । होटेलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिबाना गराइएको छ ।

खाजा तथा खाना खान होटेल पुगेका ग्राहकले खाना बासी, गनाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटेल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ  ।

बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गनाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिबाना गरिएको  जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

“उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिबाना गरिएको छ । जरिबाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सकिनेछ”, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एक उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटेलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए  । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?