नारायणगढ। धार्मिकस्थल देवघाटधामबाट कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्म पुग्नेगरी ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा यही जेठ २२ गतेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने भएको हो ।
जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य एवं पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
दुई सय २० मिटर सामुद्रिक सतहदेखि चार हजार ९९० मिटरसम्मको उचाइको यात्रा २२ देखि २५ दिन समय लगाएर गरिनेछ । कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन, आध्यात्मिक साधनाको निरन्तरता दिने उद्देश्यले पदयात्रा गर्न लागिएको संयोजक पौडेलले बताए ।रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच